Sadarline
२०८३ असोज २८ , बुधबार

निर्मला हत्या प्रकरणमा थप दुई प्रहरी निलम्बित



सदरलाइनडटकम,
काठमाण्डौ : निर्मला पन्तको हत्या प्रकरणमा थप दुई जना प्रहरी निलम्बित भएका छन् । घटना अनुसन्धानमा लापरबाही गर्ने प्रहरी नायव निरीक्षक हर सिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बित भएका हुन् ।
एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको सिफारिसमा उनीहरु निलम्बनमा परेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले बताए । भाद्र ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिसअनुसार यसअघि ६ जना प्रहरीलाई निलम्बिन गर्ने निर्णय गरिएको थियो ।
प्रहरी उपरीक्षक डिल्ली विष्टसहित प्रहरी नायब उपरीक्षकद्वय ज्ञानबहादुर सेटी र अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी यसअघिनै निलम्बित भईसकेका छन् । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति : २०७५ असोज २२ गते सोमबार
ताजा समाचार