२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

सामाजिक सद्भाव कायम राख्ने विभिन्न धर्मावलम्बीको प्रतिबद्धता



सदरलाइनडटकम,
नेपालगञ्ज : सामाजिक सद्भाव कायम गर्न विभिन्न धर्मावलम्बीले प्रतिबद्धता जनाएका छन् । वडा प्रहरी कार्यालय नेपालगञ्जमा शुक्रवार गरिएको भेलाले हिन्दु र इस्लाम धर्मावलम्बीहरुको पर्व एकसाथ परेपनि सामाजिक सद्भाव कायम राख्न विभिन्न धार्मिक अगुवाहरुले प्रतिबद्धता जनाएका हुन् ।
इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रमलाई दृष्टिगत गर्दै सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले धार्मिक अगुवाहरुलाई सामाजि सद्भाव कायम राख्न आफुहरु प्रतिबद्ध रहेको बताएका छन् ।
हिन्दु धर्मावलम्बीहरुको गणेश चर्तुथीलगायतका पर्वलाई सभ्य र भब्यरुपमा मनाउन एकअर्काले सहयोग आदानप्रदान गर्ने सहभागीहरुले प्रतिबद्धता गरेका थिए । मो. याकुब अन्सारी, शाकिर शेष, सुनिलसिंह हमाल, रिजवान शेष, मेराज अन्सारी, प्रमोद रिजाल, चुम्मन खाँ, सुरेन्द्र गुप्ता वैश्य, फिरोज, विरेन्द्रबहादुर शाह, समिरप्रताप सिंह, विभिन्न धार्मिक संघसंस्थाका अगुवाहरु, राजनीतिक दलका प्रतिनिधी, सुरक्षाकर्मीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७५ भदौ २९ गते शुक्रबार
ताजा समाचार