छक्का पञ्जा तीनको ट्रेलर रिलीज

६ आश्विन २०७५, शनिबार १६:२५
 

सदरलाइनडटकम,
काठमाण्डौ : हास्य विधामा बनेको चलचित्र छक्का पञ्जा ३ को ट्रेलर रिलीज भएको छ । साथै चलचित्र रिलीजको घोषणासमेत गरिएको छ । चलचित्र छक्का पञ्जा ३ असोज २४ गते घटस्थापनाका दिनदेखि नेपालभर एकसाथ प्रदर्शन हुने भएको छ ।
ट्रेलरमा चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दिपिका प्रसाईंलगायतलाई प्रस्तुत गरिएको छ । चलचित्रमा शिक्षा क्षेत्रमा हुने राजनीतिलाई मुख्य कथावस्तुका रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको निर्माता दिपकराज गिरीले बताए ।
६ एकान ६ बाट शुरु भएको यात्रा वडा नम्बर ६, छक्का पञ्जा, छक्का पञ्जा २ हुँदै छक्का पञ्जा ३ सम्म आइपुगेको छ । चलचित्र छक्का पञ्जा ३ का २ वटा गीत यसअघि नै रिलिज भइसकेका छन् ।
चलचित्रमा समावेश पहिलो नम्बरमा बोलको गीतले छोटो समयमै दर्शकको राम्रो साथ पाएको छ । युटयूबमा १ करोड पटक देखिएको उपलक्षमा चलचित्र युनिटले केक काटेर खुशियाली मनाएको थियो ।

Next Post

अन्धाधुन्ध गोली प्रहारबाट अमेरिकामा एक नेपालीसहित तीन जनाको मृत्यु

६ आश्विन २०७५, शनिबार १६:२५
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकाको मेरिल्याण्ड राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कम्पनीमा बिहीवार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित […]