मुख्यमन्त्री भट्ट र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

सदरलाइन संवाददाता ८ श्रावण २०७८, शुक्रबार १३:५३
 

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान मुख्यमन्त्री भट्ट र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो । भेटवारर्तामा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम नियन्त्रणका लागि प्रधानमन्त्री देउवालाई सहयोग गर्न माग आग्रह गरेका छन् ।


उनले जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव सिंह ओलीले बताए ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकार र प्रदेशको समग्र विकासबारे पनि भेटवार्ताका क्रममा छलफल भएको स्वकीय सचिव ओलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रवार बाँकेमा १६ जनामा कोरोना पुष्टि

८ श्रावण २०७८, शुक्रबार १३:५३
नेपालगञ्ज : बाँकेमा आज थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ३३५ नमुना परीक्षण गर्दा १६ जना नयाँ संक्रमित थपिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा २१४ नमुना परीक्षण गर्दा १५ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ६७ […]