मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायी संघमा सिंह

सदरलाइन संवाददाता १९ फाल्गुन २०८०, शनिबार १९:१६
 

नेपालगञ्ज :  मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायी संघको शनिबार नेपालगञ्जमा सम्पन्न छैठो साधारण सभा तथा तेस्रो अधिवेशनबाट अमरजित सिंहको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ ।

मध्यपश्चिम पेट्रोलियम ढुवानी व्यवसायी संघका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले दिएको जानकारी अनुसार संघको उपाध्यक्षमा विनयकुमार शर्मा, सचिवमा टिपि न्यौपाने, सहसचिवमा जसपाल सिंह र कोषाध्यक्षमा सुरेशकुमार छलानी निविरोध चयन भएका छन् ।


यसैगरी संघको कार्यसमिति सदस्यहरुमा रामदत्त पन्त, टेकराज बोहरा, शंकर थापा, शेरबहादुर क्षेत्री, र अनुप सिंह निर्विरोध चयन भएको प्रमुख निर्वाचन आधिकृत अधिवक्ता आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

१९ फाल्गुन २०८०, शनिबार १९:१६
बर्दिया : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।