एकीकृत राप्रपा राष्ट्रवादीको घरदैलो र प्रचार अभियान जारी

१० मंसिर २०७४, आईतवार १९:२१
 

सदरलाइनडटकम
१० मंसिर, नेपालगन्ज : एकीकृत राप्रपा राष्ट्रवादी पार्टिका सहायक प्रवक्ता बाँके क्षेत्र नम्वर २ प्रतिनिधि सभा सदस्य पदका उमेदवार तेजनारायण कडेल र प्रदेश सभा सदस्य पदका उम्मेदवार हरदेव वक्स चौधरीको टोलीले नेपालगंज उपमहानगरपालिका वडा नम्वर १० भृकुटीनगर र आदर्शनगरमा विभिन्न व्यक्तिहरुसंग भेटघाट गरेको छ ।
सो अवसरमा आसन्न निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई आफ्नो भोट दिनको लागि आव्हान गर्नुको साथै आफ्नो पार्टीको एजेण्डाबारेमा जानकारी गराईएको पार्टीका उम्मेदवार कंडेलले जानकारी दिए ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेका विभिन्न खाले समस्याहरु प्रति आफु र आफ्नो पार्टी गम्भीर रहेको बताउदै आफु निर्वाचित भएपछि सबै समाधान हुने समेत बताए ।


  

Next Post

बाँके क्षेत्रनं ३ मा बामगठबन्धनको प्रतिबद्धता किसानको लागि सिचाई मलखाद र विउविजनमा सहुलियत

१० मंसिर २०७४, आईतवार १९:२१
सदरलाइनडटकम १० मंसिर, नेपालगन्ज : बाँकेको क्षेत्र नम्बर ३ मा बाम गठबन्धनका उम्मेदवारहरुले किसानका लागि सिचाईको सुविधा र मल बिउमा सरकारी अनुदान हुनुपर्नेमा आफुहरुको जोड रहने बताएका छन । खजुरा गाउँपालिकाको सीतापुर, जानकी गाउँपालिकाको बेलभार र साईगाउँ तथा बैजनाथ गाउँपालिकाको परसुरामपुरमा आईतबार भएको कार्यक्रममा बाम गठबन्धनका तर्फबाट प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल […]