सदरलाइनडटकम,
रोल्पा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको बन्दका कारण बुधवार रोल्पाको जनजिवन प्रभावित बनेको छ । पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई निःशर्त रिहाईको माग गर्दै नेकपाले गरेको बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको हो ।
रोल्पाबाट छुट्ने लामो तथा छोटोदूरीका सवारी साधन ठप्प रहेका छन् भने बजार, शिक्षण संस्था तथा कलकारखाना बन्द भएका छन् । दशैंका लागि बजारमा किनमेल गर्नेको चहलपहल बढीरहेको बेला बजार बन्द हुँदा जिल्लाका व्यापारी तथा सर्वसाधारण मर्कामा परेका छन् ।
विद्यालयमा राजनीतिक सभा गरेकाले सुवेदीलाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दिपक खड्काले जानकारी दिए ।


