सदरलाइनडटकम,
धनुषा : पेस्तोलसहित धनुषामा दुई जना पक्राउ परेका छन् । धनुषाको कमला नगरपालिका ६ का १८ वर्षीय राजगिर महतो र कमला नगरपालिका ८ का २५ वर्षीय सत्रुघन ठाकुर पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धानको विशेष टोली, सिरहा प्रहरी र इलाका प्रहरी कार्यालय खजुरीको संयुक्त टोलीले बुधवार दिउँसो विदेह नगरपालिका १ ठाडी झिजाबाट पक्राउ गरेको प्रहरीले बताएको छ । दुवैजनामाथि थप अनुसन्धान भइैरहेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक शेषराज थान्दारले जानकारी दिए ।


