२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

निर्मलाको हत्याराले उन्मुक्ति नपाउने महानिरीक्षक खनालको दाबी



सदरलाइनडटकम,
कञ्चनपुर : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको हत्यारालाई उन्मुक्ति नमिल्ने दाबी गरेका छन् । शुक्रवारदेखि भीमदत्तनगरबाट शुरु हुने महिला हिंसा न्युनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन महेन्द्रनगर आएका उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा अपराधीलाई कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाए ।
घटनाको अनुसन्धान भईरहेको भन्दै प्रहरी महानिरीक्षक खनालले अनुसन्धानमा समय लागेपनि ढिलोचाँडो अपराधी पत्ता लाग्ने र दोषीमाथि कारबाही हुनेमा ढुक्क हुन आश्वासन दिए । उनले महिलामाथि हुने हिंसालगायतका अपराध नियन्त्रण गर्न प्रहरी सक्रियतापूर्वक लागेको दाबी गरे ।

प्रकाशित मिति : २०७५ भदौ २२ गते शुक्रबार
ताजा समाचार