२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

गोली प्रहारबाट सुनसरीमा एकको मृत्यु, प्रहरी हवल्दार सिकिस्त



सदरलाइनडटकम,
सुनसरी : गोली प्रहारबाट सुनसरीमा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गर्दा हरिनगर गाउँपालिका २ का मौलना खुर्शीद इस्लाहीको घटनास्थलमै मृत्यु भएको छ ।
घटना थाहा पाएलगत्तै प्रहरीले हतियारधारी समूहको पिछा गर्दै जाँदा हरिनगर गाउँपालिकाको घुस्कीमा पुगेपछि उनीहरुले प्रहरीमाथि गोली प्रहार गर्दा प्रहरी हवल्दार शिवलाल पौडेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । घाइते हवल्दारको विराटनगरस्थित अस्पतालमा उपचार भईरहेको र घटनाबारे अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ असोज ४ गते बिहीबार
ताजा समाचार