सदरलाइनडटकम,
डाटी : डोटीमा फैलिएको पशुचौपाया मर्ने रोगको कारण पत्ता नलाग्दा दिनहुँ चौपाया मर्न थालेका छन् । करिब दुई महिनादेखि फैलिएको अज्ञात रोगका कारण डोटीमा दर्जनौं चौपाया मरेका हुन् ।
गाउँभरीमा चौपाया मर्न थालेपछि किसान चिन्तित भएका छन् । जिल्लामा पशु चिकित्सक नहुँदा चौपाया मर्ने समस्या बढेको स्थानीय बताउँछन् । जिल्लाको शिखर नगरपालिका १० बानेडुग्रीसैनमा केही महिना यतादेखि फैलिएको अज्ञात रोगका कारण पशुहरु मर्न थालेको स्थानीय वीरबहादुर बलायरले बताए ।
जिल्ला पशु सेवा कार्यालयले अहिलेसम्म रोग पत्ता लगाउन नसकेको वडाध्यक्ष मिनबहादुर बलायरले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५० चौपाय मरिसकेका छन् भने दजर्नौ चौपाया थला परेका छन् । चौपायाको मुखमा र्याल आउने, काँप्ने, छट्पटाउने र केही नखाने लक्षण देखिएपछि चौपाया मर्ने गरेको स्थानीयबासी बताउँछन् ।


