२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

पन्त घटनाको छानबिन समितिबाट राजीनामा दिएका केसी काममा फर्किए



सदरलाइनडटकम,
काठमाण्डौ : निर्मला पन्त प्रकरण छानबिनका लागि गठित उच्चस्तरीय समितिबाट भदौं २५ गते राजीनामा दिएका वीरेन्द्र केसीले राजीनामा फिर्ता लिई काममा फर्किएका छन् । गृहमन्त्रालयमा बुधवार भएको पत्रकार सम्मेलनमा केसीले राजीनामा फिर्ता लिई समितिमा फर्किएको जनाएका छन् ।
छानबिन समितिबाट राजीनामा दिएर चर्चामा आएका केसी गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पुनः काममा फिर्ता भएको बताए ।
कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिबाट केसीले राजीनामा दिएका थिए । उक्त घटनाको छानबिन गर्दा आफ्नो र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै उनले राजीनामा दिएका थिए । केसी प्रदेश नं. ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट समितिमा सदस्य थिए ।
१५ दिनको समयसीमा लिएर काम थालेको टोलीले तयार भएको प्रतिवेदन समयमै नबुझाएर हत्यारालाई भाग्ने मौका दिन खोजेको आरोप लगाउँदै केसीले राजीनामा दिए थिए । छानबिन समितिमा रहँदा आफूले इमान्दारीपूर्वक काम गरेको भन्दै केसीले सरकारले समितिको म्यान १५ दिन थप्दै थप अनुसन्धान गरेर प्रतिवेदन बुझाउन समय दिएकोले आफ्नो असहमति रहेको जानकारी दिए ।
तर निर्मला पन्तलाई न्याय दिलाउने सवालमा मन्त्रालय र समितिको धारणासमेत वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने उद्देश्य रहेकाले फेरि समितिमा फर्केर निष्पक्षरुपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गरेर काममा फर्केको केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०७५ भदौ २७ गते बुधबार
ताजा समाचार