नेपालगन्जको क्यूएफएक्स सिनेमा हलले मनायो दोस्रो वर्षगाँठ

२७ श्रावण २०७५, आईतवार २०:५४
 

सदरलाइनडटकम 
नेपालगन्ज  : नेपालगन्जको बागेश्वरी चलचित्र हलमा सञ्चालनमा रहेको क्यूएफएक्स सिनेमा हलले सञ्चालनको दोस्रो वर्षगाँठ मनाएको छ । बाँकेका अग्रज पत्रकार तथा जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके र सो सिनेमा हलका प्रबन्धक निरजमान शाक्यले एक समारोहका केक काटेर दोस्रो बार्षिक उत्सव मनाईएको हो ।
सन २००१ मा काठमाण्डौको जयनेपाल हलबाट क्यूएफएक्सले मनोरञ्जन व्यवसायलाई सा २०१६ देखि नेपालगन्जको बागेश्वरी चलचित्र मन्दीरलाई क्वेस्ट ईन्टरटेन्मेन्टको विशेज्ञतामा आवश्यक प्रविधि सुधार गरी क्यूएफएक्स बागेश्वरी सिनेमाजका रुपमा सञ्चालनमा ल्याईएको प्रबन्धक निरजमान शाक्यले जानकारी दिए ।
२के र ३डि प्रविधि युक्त पूर्ण डिजिटल प्रविधिको प्रयोग गरी ३ सय ८५ र २ सय ९० जना दर्शकले मनोरञ्जन लिनसक्ने गरी विकास गरि सेवा दिदै आएको प्रबन्धक शाक्यले बताए ।
उनले छक्का पञ्जा २५ हजार र हिन्दी फिल्म बाहुबली–२ लाई २२ हजार २ सयले हेरेको जानकारी दिदै दुई वर्ष पुग्दै गर्दा सो हलमा २ सय ५२ फिल्म प्रदर्शन गरी ३ लाख ६१ हजार भन्दा बढी दर्शकको मन जित्न सफल भएको जानकारी दिए ।
उनले सो अवसरमा दर्शकको माग बमोजिमका सेवा सुविधा पनि बढाउदै जाने र सिनामा हलमा सरसफाई, बानूकुलित, आरामदायी र दर्शकमैत्री बाताबरण निर्माण गर्नेमा आफ्नो पक्षबाट कुनै पनि त्रुटी नगर्ने प्रतिबद्धता ब्यक्त गरे ।  

Next Post

जन्मदिनको खर्च ब्रेन ट्यूमरको विरामीको उपचारमा

२७ श्रावण २०७५, आईतवार २०:५४
सदरलाइनडटकम नेपालगन्ज : नेपाल तरुण दल नेपालगन्ज उप–महानगर कमिटीका सदस्य उमंग युगल श्रेष्ठले आफ्नो जन्मदिनको खर्च कटाएर ब्रेन ट्यूमर पीडित विरामीको उपचारको लागि सहयोग गरेका छन् । बाँकेको खजुरा निवासी लक्ष्मी शाहीको उपचारको लागि श्रेष्ठले १५ हजार सहयोग गरेका हुन । केही वर्षदेखि ब्रेन ट्युमरले ग्रशित शाही उपचारको लागि आर्थिक […]

सम्बन्धित