सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज घरेलु महोत्सव शुक्रवारदेखि नेपालगञ्जमा शुरु भएको छ । पुस २१ गते सम्म चल्ने महोत्सवको शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राईले उद्घाटन गरे । राईले मन्त्री पदबाट राजिनामा दिएपनि स्वीकृत भईसकेको छैन् । महोत्सव उद्घाटन शुक्रवार बिहान आठ बजे भब्य सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु : मेरै नेपालको भन्ने मूल नाराका साथ दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव–२०७६ मा ३०७ वटा स्टल रहेको महोत्सव मूल आयोजक समिति संयोजक रचना श्रेष्ठले जानकारी दिइन् ।
