‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ को तयारी अन्तिम चरणमा

सदरलाइन संवाददाता १० भाद्र २०८०, आईतवार १४:००
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा प्रतिभाको खोजी गर्न ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ को तयारी भएको छ । केबी डान्स स्टुडियो रुपन्देहीको आयोजनामा नेपालगञ्जमा शनिबार प्रतिभा खोजीको अन्तिम प्रतियोगिता हुन लागेको हो ।

कार्यक्रमकी संयोजक अन्जु रसाइलीले यस प्रतियोगितामा नृत्य, गायन र मोडलिङ गरेर तीन वटा विधा सामेल गरिएको जानकारी दिए । कार्यक्रमका सहआयोजक सत्यनारायण चौधरीले स्थानीय कलाकारलाई मञ्च प्रदान गर्नका लागि नेपालगन्जमा प्रतिभाको खोजी गरिएको स्पष्ट पारे ।


चौधरीले भने, “हामीले स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिएका छौँ । यसले उनीहरूमा रहेको प्रतिभा बाहिर ल्याउनका लागि ठुलो भूमिका खेल्नेछ ।” अन्तिम प्रतियोगितामा गायक तथा मोडेल दुर्गेश थापा र गायक नरेश बुढाथोकीको जोडदार प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार नृत्यतर्फको विजेतालाई २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद राशिको पुरस्कार दिइनेछ । अन्य दुई वटा विधाको विषयमा पुरस्कार आयोजकहरू बिच छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवा खोलाको कटानले आसपासका गाउँ जोखिममा

१० भाद्र २०८०, आईतवार १४:००
नेपालगञ्ज : डुडुवा खोलाको तीव्र कटानका कारण आसपासका गाउँहरू उच्च जोखिममा परेको छ । बाँकेको कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ र खेतीयोग्य जमिनको कटानका कारण गाउँ जोखिममा परेको हो । डुडुवा गाउँपालिका–४ को मिलनचोकबासीहरु डुडुवामा बाढी आउनासाथ घरभित्र कतिबेला पानी पस्ने हो, चिन्तामा पर्नेगरेका छन् । […]