सांस्कृतिक महोत्सव नेपालगञ्जमा शुरु

२६ पुष २०७५, बिहीबार १८:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ को नेपालगञ्जमा उद्घाटन गरिएको छ । एजी सर्भिस प्रालिको आयोजनामा नेपालगञ्जको कारकाँदो चोक राधाकृष्ण मन्दिर नजिकैको प्रंगणमा शुरु भएको महोत्सवको कृषि भुमि तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधीले उद्घाटन गरिन् ।
उद्घाटनअघि धम्वोजी चोकबाट र्याली निकालिएको थियो । सयभन्दा वढी संघ संस्थाको आयोजनामा शुरु भएको र्यालीमा विभिन्न जातजातीको पहिचान दिने पोषाकसहितको झाँकी प्रस्तुत गरिएको थियो । प्रचारप्रसार समितिका संयोजक सुनिल रेग्मीका अनुसार महोत्सवमा शुक्रवार चन्द्र शर्मा, सम्झना लामिछानेले प्रस्तुती दिनेछन् ।
महोत्सवमा खुल्ला नृत्य तर्फ सहभागी ६० जनाभन्दा वढीको अडिसन शुरु गरिदैँ छ । नृत्य तर्फ प्रथम हुनेले नगद पचास हजारसहित म्युजिक भिडियोमा समेत अवसर दिईने छ भने दोस्रोले ३० र तेस्रो हुनेले २० हजार पुस्कार पाउने छन् । महोत्सवमा नेपाली गीत संगित, कला सांस्कृतिक, भाषा पर्यटन, आन्तरिक तथा कृषिसम्बन्धि कार्यलाई प्रोत्साहित गरी देशमा रहेका वेरोजगार युवालाई रोजगार दिने मुल उद्देश्य रहेको आयोजकल बताएको छ ।



महोत्सवमा राष्ट्रीय कलाकार विराज भट्ट, निखिल उप्रेती, ज्योति मगर, चन्द्र शर्मा, सम्झना लामिछाने, यश कुमार, शान्ति श्री परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेल, करिश्मा ढकाल, अन्जली अधिकारी सुमन गिरीलगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजक टिमका संयोजक नन्दबहादुर बुढाले जानकारी दिए ।
१ सय ५० भन्दा बढि स्टल रहेको महोत्सवमा ५० रुपैयाँ र विद्यार्थीका लागि ४० रुपैयाँ टिकट दररेट राखिएको छ । १ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ ।

Next Post

कोहलपुर महोत्सव तथा फुडफेस्टिवल हुँदै

२६ पुष २०७५, बिहीबार १८:३४
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ कोहलपुरको संयुक्त आयोजनामा ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन महोत्सव–२०७५’ सञ्चालन हुने भएको छ । आगामी माघ १४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने सो महोत्सवको बारेमा बिहीबार कोहलपुरमा पत्रकार सम्मेलन गरी संघले जानकारी दिएको हो […]