कृष्णसार एफएमको नाचौं तीज भोलीदेखि

८ भाद्र २०७६, आईतवार १९:४४
 

सदरलाइनडटकम,


Untitled-1

नेपालगञ्ज   : नेपालगञ्जमा सञचालनमा रहेको रेडियो कृष्णसार एफएमको नाचौं तीज प्रतियोगिताको सिजन–७ भोलीदेखि सुरु हुने भएको छ । हरितालिका तीजका अबसरमा विगत ७ वर्षदेखि एफएमले नियमित रुपमा गर्दै आएको तीज नृत्य प्रतियोगिताको सीजन ७ को छनोट चरण भोली ९ गते बर्दियाको मधुवनबाट सुरु हुन लागेको रेडियोले जनाएको छ ।
अडिसनमा बर्दियाको मधुवन नगरपालिका र गेरुवा गाउंपालिका तथा बांकेको खजुरा र वैजनाथ गाउंपालिकाको सहकार्य रहेको छ । चारवटै स्थानीय तहमा उपप्रमुखहरुको संयोजकत्वमा तयारी समिति बनाइएको छ ।
भदौ १० गते बर्दियाकै गेरुवा, ११ गते बांकेको खजुरा र १४ गते बैजनाथ गाउंपालिकामा अडिसन हुने छन् । तीज नृत्यमा बांके र बर्दियाका क्लव, विद्यार्थी, गृहीणी लगायतका झण्डै पांच दर्जन समूहले सहभागिता जनाउने छन् । ४ ठाउंका अडिसनबाट छानिएका उत्कृष्ट प्रतियोगीहरुलाई नेपालगंजमा १५ भाद्रमा हुने अन्तिम प्रतिष्पर्धामा सहभागि गराइने कार्यक्रम संयोजक माधव अधिकारीले जानकारी दिए ।
छनोट चरणमा १० हजारसम्मको नगद पुरस्कार राखिएको छ भने फाइनल प्रतियोगितामा ५० हजार रुपियां सम्मका नगद पुरस्कार राखिएको एफएमले जनाएको छ । तीज नृत्यमा निष्पक्ष मुल्यांकन होस् भनेर राष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त कलाकारहरुलाई निर्यायकमा निम्त्याउने अभ्यास कृष्णसार एफएमले गरिरहेको छ । यसपाली पनि चर्चित नृत्य निर्देशक कुलमान नेपाली मुख्य निर्णायकमा रहने छन् ।
नेपाली महिलाहरुको महान चाड तीजको संरक्षण संगै नृत्य क्षमताको प्रस्फुटन गर्ने उद्देश्यले नाचौं तीज प्रतियोगिता गरिरहेको एफएमका कार्यकारी प्रमुख तुला अधिकारीले जानकारी दिए । नियमित संचार कर्मका साथै कला क्षेत्रमा छरिएर रहेका प्रतिभाहरुको खोजी गरी उनीहरुमा भएको क्षमता प्रस्फुटनमा भूमिका खेल्न मिडियाबाट सकेको कोशिष गरिरहेको अधिकारीको भनाई थियो ।
नाचौं तीजको सिजन ७ मा नेपालगंजको सुनाखरी रेष्टुरेन्ट, निशान कम्प्युटर टे«डर्स, कमल इन्टरप्राइजेज, कुमारी बैंक लिमिटेड,  खजुराको ग्रीन कटेजले प्रतियोतिामा सहयोग गरेका छन् । एफएमले पश्चिम नेपालमैं पहिलो पटक गायन प्रतिभाको खोजी अभियान कृष्णसार आइडल का चार सीजन पूरा गरिसकेको छ ।

Next Post

दुईहजार चल्लासहित ५३ कुखुरा नष्ट गरियो

८ भाद्र २०७६, आईतवार १९:४४
सदरलाइनडटकम, नेपालगञ्ज   :  भारतबाट तस्करी गरी ल्याईएका बोईलर चल्ला र कुखुरा नियन्त्रणमा लिएर नस्ट गरिएको छ । भारतमा बर्ड फ्लुको संक्रमण रहेको कारण भारतबाट पन्छि तथा पन्छि जन्य पदार्थ नेपाल ल्याउन प्रतिबन्ध छ । सशस्त्र प्रहरीको बल नेपाल, गण हेड क्वाटर नंम्बर ३० गण बागेश्वरी बाँकेबाट निस्केको गस्तिटोलीले महेन्द्रनगर र […]