खजुरावासीद्वारा तीज महोत्सवको तयारी तीब्र

१७ भाद्र २०७५, आईतवार १९:१०
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : विगतका वर्ष जस्तै यसवर्ष पनि बाँकेको खजुरामा तीज महोत्सव हुने भएको छ । लायन्स र लियो क्लब अफ नेपालगन्ज–खजुराको मुख्य आयोजनामा हुने तीज महोत्सवको तयारी तीव्र पारिएको महोत्सवका संयोजक फस्ट लेडी लायन गीता सापकोटाले बताइन् ।
महोत्सवमा सामुहिक तथा एकलनृत्य प्रतियोगिता, परम्परागत तथा मौलिक तीज गीतको प्रस्तुति रहनेछ । भाद्र २७ गते हुने महोत्सवलाई सफल पार्न खजुराबासीहरु एकजुट भएर लागिपरेको लायन्स क्लब अफ नेपालगन्ज–खजुराका अध्यक्ष लायन रोशन सापकोटाले बताए ।
प्रतियोगितामा सामुहिक नृत्यतर्फ प्रथम हुनेले नगद १५ हजार, द्धितीयले १० हजार, तृतीयले ५ हजार र सान्त्वना हुनेले ३ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै एकल नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार, द्धितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वना हुनेलाई १ हजार नगद प्रदान गरिने संयोजक सापकोटाले जानकारी दिइन् ।
खजुरामा हुने तीज महोत्सवलाई अवलोकन गर्न नेपालगन्ज, कोहलपुरलगायत आसपासका जिल्लाबाट दर्शकहरु आउनेमा आयोजकले अपेक्षा लिएको छ ।

Next Post

अमर शहिद शुक्रराज शास्त्रीको १२५औं जन्मोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम

१७ भाद्र २०७५, आईतवार १९:१०
सदरलाइनडटकम नेपालगन्ज : अमर शहिद शुक्रराज शास्त्रीको १२५औं जन्मोत्सव (शताब्दोत्तर रजत जन्म जयन्ती) को उपलक्ष्यमा नेपालगन्ज आर्य समाजले जिल्लास्तरिय अन्तर माध्यामिक निबन्ध तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना सम्पन्न भएको छ । अमर शहिद शुक्रराज शास्त्रीले गरेको बलिदानपूर्ण संघर्षले नेपालको सामाजिक जागरणमा पुर्याएको योगदानको नयाँ पुस्ताले पनि थाहा पाउन भन्ने उदेश्यले प्रतियोगिताको […]