सदरलाइनडटकम
नेपालगन्ज : बाँकेको हिरमिनियामा एकजनाले आफ्नै श्रीमतीको हत्या गरी प्रहरीमा हाजिर भएको जानकारी प्राप्त भएको छ ।
हाल नेपालगन्ज उप–महानगरपालिका वडा नं. २३ जंगलीसिँह पुर्वाका शेरअली शेषले आफ्नै श्रीमतीको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।
प्रहरी निकट श्रोतका अनुसार शेषले दिएको बयानका आधारमा उनले अफ्नो श्रीमतीलाई सीमासँगै जोडिएको भारतीय अब्दुल्लागन्ज जंगलमा हातले घाँटी थिचेर हत्या गरेका हुन् ।
करीब डेढ महिना अघि विदेशबाट आएका शेषले श्रीमतीको आचरण माथि शंका लागेर हत्या गरेको बयान दिएको प्रहरी श्रोतले जनाएको छ ।
शव उठान अहिले बाँके प्रहरीको टोली हिरमिनियास्थित भारतीय जंगलमा गएको र भारतीय प्रहरीसँग समन्वय गरेर मुचुल्का गरी शव नेपालगन्ज ल्याइने श्रोतको भनाई छ । गत मंगलवार नै हत्या गरी शेष प्रहरीमा हाजिर भएको स्थानीय श्रोतले बताएको छ ।
