किशोरी बलात्कारपछि हत्या गर्ने पक्राउ

७ फाल्गुन २०७५, मंगलवार १४:५५
 

सदरलाइनडटकम,
जनकपुरधाम : धनुषामा १० वर्षीया बालिकाको बलत्कारपछि हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुर स्थित मगरटोलमा बोल्न नसक्ने ११ बर्षीया रेश्मा भनिने दुतिया रसाईलीको बलत्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नं. ४ बैंगाली टोल घर भएका २२ वर्षीय निरन भन्ने निरज जर्घा मगर (हाम्ली डन) रहेको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । उनका अनुसार प्रहरी अनुसन्धानको क्रममा सशंकित व्यक्तिहरुको खोजतलास गर्ने क्रममा भारततर्फ लुकिछिपी भाग्ने लागेको क्रममा धनुषाको बिदेह नगरपालिकाबाट अभियुक्तलाई पक्राउ गरिएको जनाएको छ ।
गत फागुन १ गते मिथिला नगरपालिका वडा नं. ३ स्थित अभियुक्तको मामाघरमा एक विवाहको भोजमा कार्यक्रम पश्चात् आयोजित नाचगानका क्रममा लाइन कटेको मौका पारेर चाउचाउ र मिठाई दिएर ललाईफकाई खोलाको बाटो हुँदै बालिकालाई २ किलोमिटर टाढा उखु खेतमा लगिएको थियो । सोही क्रममा अभियुक्तले ल्याएको चाउचाउ र फ्रुटी खान दिएर जबरजस्ती करणी गरेपछि गाउँमा गएर पोल खोल्ने डरले बालिकालाई घाँटी थिचेर हत्या गरेको अभियुक्तले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक खनालले भने, ‘अभियुक्तले पहिलेदेखि नै अपराधिक क्रियाकलाप गर्दै आएकोमा उक्त राति रक्सी, लागू औषध र गाँजा समेत खाएको अनुसन्धानमा देखिएको छ । यसरी बालिकाको पहिल्यै बलत्कार र घाँटी थिचेर हत्यापछि लाशलाई लुकाउने तथा फिंगर प्रिन्ट लगायतका प्रमाणहरु नष्ट गर्ने अभिप्रायले शवमाथि सुकेको उखुको पात र बालिकाको कपडा राखी आगो लगाएको देखिन्छ ।’
यी सबै घटनापछिसमेत अभियुक्त जर्घा मगरले पुनः सोही विवाहको नाचगानमा सहभागी भई साढे ११ बजे आफ्नो मामा घरमा गएर सुतेको र भोली पल्ट शव जलाएको ठाउँमा पुगेर १० बजे गाउँबाट भागेको प्रहरी उपरीक्षक खनालको भनाई छ ।


अभियुक्तको पृष्ठभूमि
बालिका बलत्कार तथा हत्याका अभियुक्त निरन भन्ने निरज जर्घा मगर (हाम्ली डन)लाई यसअघि पनि केटी जिस्क्याएको तथा चोरीको आरोपमा ईलाका प्रहरी कार्यालय धनुषाले कारबाही गरेको थियो । यसैगरी सार्वजनिक अपराधमा प्रहरी बृत कालीमाटी काठमाण्डौको कारबाहीबाट ३ महिना केन्द्रिय कारागारमासमेत सजाय भुक्तान गरेको देखिन आएको छ ।

Next Post

प्रदेशस्तरीय बहुभाषिक कवि गोष्ठी सम्पन्न

७ फाल्गुन २०७५, मंगलवार १४:५५
सदरलाइनडटकम, नेपालगञ्ज : विश्व भाषाभाषी दिवस २०७५ का अवसरमा ५ नं. प्रदेशस्तरीय भाषाभाषी स्रष्टा सम्मान, अन्तरक्रिया तथा बहुभाषिक कवि गोष्ठी नेपालगञ्जमा सम्पन्न भएको छ । ५ नं. प्रदेश अन्तर्गतका १२ जिल्लाहरुबाट सहभागिता रहेको सो समारोहमा विभिन्न जिल्लाका एक दर्जन बढी विभिन्न विधा र भाषाभाषी स्रष्टाहरुलाई सम्मान पनि गरिएको थियो । […]