नरैनापुरमा आगलागी हुँदा १० घर जलेर पूर्णरुपमा नष्ट

सदरलाइन संवाददाता ७ बैशाख २०८०, बिहीबार १२:५२
 

नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकामा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् ।

बुधबार साँझ भएको आगलागीबाट नरैनापुर गाउँपालिका वडा नम्बर ३ को गेग्लीमा ७ घर र वडा नम्बर ३ कै जनतापुरमा ३ घर पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको छ । आगलागीबाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।


गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको वडा नम्बर ३ का वडा अध्यक्ष अजयकुमार मिश्रले बताए । गर्मी समयमा नरैनापुरमा बर्षेनी आगलागी हुने गरेको छ । फुसको छानाका घरहरु उच्च जोखिममा रहने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहीवार आमाको मुख हेर्ने दिन

७ बैशाख २०८०, बिहीबार १२:५२
नेपालगञ्ज : बिहीवार आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय,आचार्य र पिता भन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने […]