बर्दियामा श्रीमतीलाई हत्या गरेको आरोपमा श्रीमान पक्राउ

सदरलाइन संवाददाता १२ मंसिर २०७९, सोमबार १४:१०
 

बर्दिया : आफ्नै श्रीमतीलाई कुटपिटगरि हत्या गरेको आरोपमा बर्दिया प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१५ बस्ने २७ वर्षीय बोधराज बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार बस्नेतले २६ वर्षीय श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेका हुन् ।


गम्भीर घाइते भएकी नानकलाको उपचारका लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवार श्रद्धाभक्ति पूर्वक विवाह पञ्चमी मनाईंदै

१२ मंसिर २०७९, सोमबार १४:१०
नेपालगञ्ज : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व सोमवार श्रीरामचन्द्र र माता सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाईंदैछ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा सोमवार देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो […]

सम्बन्धित