बाँकेमा पनि मनाईयो ६९औ प्रहरी दिवस

सदरलाइन संवाददाता ३० आश्विन २०८१, बुधबार १६:२०
 

नेपालगञ्ज : समाजलाई अपराध मुक्त बनाउन अहोरात्र खटिने प्रहरीसंग नागरिकले हातेमालो गर्न आवश्यक रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताएका छन् । उनले ६९ औ प्रहरी दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

उनले भने–‘ सिमित श्रोत र साधनको प्रयोग गरेर समाजमा शान्ति र सुरक्षा कायम गर्न अहम भूमिका खेल्दै आएको प्रहरीलाई नागरिकको सहयोग र सहकार्य आवश्यक हुने भएकोले सबैको सहकार्य आवश्यक छ ।’

कार्यक्रममा नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम गरी सभ्य समाज निर्माण गर्न पुराएको योगदानको उच्च प्रशंसा गर्दै प्रहरीसंग नागरिकको धेरै अपेक्षा हुने गरेकोले प्रहरीलाई सबैले सहयोग गर्न आवश्यक रहेको कुरामा जोड दिए ।

उनले भने–‘ नागरिकले प्रहरीको कारण सुरक्षा अनुभूती गरेका छन् । प्रहरीको आफ्नै गर्भिलोईतिहास छ । सबै भन्दा बढी नजिक प्रहरी विपदको बेलामा हुने भएकोले प्रहरीलाई सबैको सहयोग र सद्भाव आवश्यक छ ।’


कार्यक्रममा अमर प्रहरी परिवारका तर्फबाट एकमाया विकले आफ्ना परिवारजनको स्मारक सहितको शालिक निर्माणका लागि पहल गरिदिन आग्रह गरिन । उनले वर्ष एकदिन मात्र कार्यालय परिसरमा आएर श्रद्धाको फूल मात्र चढाएर आफुहरुलाई नहुने बताउदै राज्यको सेवा गर्दागर्दै ज्यान गुमाएका आफन्ताको शालिक निर्माणका लागि पहल गरिदिन सबैलाएै आव्हान गरिन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले प्रहरीसंग सेवा लिन आउनेलाई मिठो बोलेर सेवा दिन सबै युनिटलाई निर्देशन दिए । उनले सबैको चित्त बुझाएर काम गर्न भन्दा पनि पीडितले न्याय पाउने गरी सेवा प्रवाह गर्न आग्रह गरे ।

कार्यक्रममा असक्त अवकाश प्राप्त प्रहरी परिवारका तर्फबाट शेरबहादुर बस्नेत, पूर्व प्रहरी कर्मचारी परिवारबाट शशिधर अधिकारी, पूर्व प्रहरी  वरिष्ट  उपरिक्षक वीरबहादुर वलीलगायतले प्रहरी दिवसको अवशरमा शुभकामना व्यक्त गरेका थिए ।

सोही अवसरमा दिवसको सन्र्दभमा अमर प्रहरी परिवारका परिवारलाई दोसल्ला ओडाई सम्मान गर्नुको साथै विभिन्न गतिविधिमा प्रथम द्वितिय तृतिय स्थान हाशिल गरेका विभिन्न दर्जाका प्रहरीहरुलाई पुरस्किृत गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको एक होटलमा १२ वर्षिया किशोरी माथी सामुहिक बलात्कार 

३० आश्विन २०८१, बुधबार १६:२०
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर–११ को सुर्खेतरोडमा रहेको एक होटलमा १२ वर्षिया किशोरीमाथी सामूहिक बलात्कार भएको प्रहरी निकट स्रोतले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर निकट स्रोतले दिएको जानकारी अनुसार पीडित किशोरीमाथी गएराती होटलमा कोठा लिएर सामुहिक बलात्कार गरिएको र पीडित किशोरीको स्वास्थ्य परिक्षण गरि अनुसंधान सुरु गरिएको छ […]