रोल्पा कारागारमा आत्महत्या प्रकरण

‘बिजय विक्रम शाहको कैद भुक्तानी गर्न लगाएर भाईको हत्या गरियो’

सदरलाइन संवाददाता १३ जेष्ठ २०७९, शुक्रबार ११:१७
 

नेपालगञ्ज :  नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ घरवारीटोलका २० बर्षिय सुन्दर हरिजनको रोल्पा कारागारमा शंकास्पद मृत्युको घटनालाई निष्पक्ष छानबिन गरी न्याय दिलाउन पीडितका दाजुले माग गरेका छन् ।

मोबाईल चोरीको आरोपमा १० हजार धरौटी जम्मा गर्न नसकेको कारण थुनामा रहेका हरिजनको रोल्पा कारागारमा गतजेष्ठ ५ गते भुण्डिएर आत्महत्या गरेको भन्दै कारागार प्रशाशनले बिजय बिक्रम शाहको मृत्यु भएको भन्दै शव बुझ्न आउनको लागि फोन गरी बोलाएको मृतकका दाजु राजकुमार हरिजनले बताए ।

उनले भने–‘ सामान्य धरौटी बुझाउन नसक्दा कारागार चलान भएको भाईको मृत्यु भयो लाश लिन हिड भनेर एकजना मोटरसाईकलमा लिन आएको र छरछिमेक भएर जाने भन्दा कसैलाई लान नदिई मलाई मात्र मोटरसाईकलमा लिएर गाईयो । रोल्पा कारागार पुगेर हेर्दा भाईको मृत्युभएको शव देख । तर, शवको मुचुल्का कागजमा भने मृतकको नाम विजय विक्रम शाहको उल्लेख भएको थियो । मैले मेरो भाईको नाम सुन्दर हरिजन हो भनेपछि खैलाबैला मच्चिएको थियो ।’

कारागारबाट मृतक सुन्दर हरिजनको सरसामान भनेर पठाईएको सामानले पनि आफुहरुलाई आश्चर्य चकित बनाएको बताए । उनले भने–‘ भाईको सामान भनेर पठाईएको छ । यी सामान भाइका हुँदै होईनन । हाम्रो यस्तो सामान पठाउने हैसियत नै छैन ।’ उनले भाईलाई कारागार प्रशासनले नै जबरजस्ती विजयविक्रम शाहको अपराधको कैद भुक्तान गर्नको लागि रोल्पा पठाएर हत्या गरेको ठोकुवा गरे ।

उनले गत जेष्ठ ७ गते आइतबार रोल्पा कारागारले आफुलाई लास बुझाउदा भाईको शरीर भरी कुटपिट भएको निल डाम रहेकोले घटना आत्महत्या नभई कर्तव्य ज्यान मुद्दा भएकोले निष्पक्ष रुपमा छानवीन गरी दोषीमाथी कडा कारवाही गर्न माग गरे । उनले आफुहरुले न्याय नपाउदासम्म शवको अन्तिम संस्कार नगर्ने अडान लिएका छन । मृतक हरिजनको शव नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शव गृहमा राखिएको छ ।


रोल्पा कारागारमा मृत्यु भएका २० बर्षिय सुन्दर हरिजनलाई २ वटा चोरीको मुद्दामा जिल्ला अदालत बाँकेले २०७५/६/२३ र २०७६/१०/२१ गते गरेको फैसला बमोजिम नेपालगञ्ज कारागारमा कैद भुक्तान गरिरहेका थिए । कैद भुक्तानकै क्रममा बाँके कारागार प्रशासनले स्थान अभावको कारण नेपालगञ्जबाट २०७७/०८/०८ गते कारागार स्थान्तरण गरि रोल्पा कारागारमा लगिएका हरिजनको हत्या वा आत्महत्या भन्ने बिषयमा नेपाल सरकारले कारागार विभागका निर्देशकको नेतृत्वमा एक उच्च स्तरिय समिति गठन गरेको छ ।

पछिल्लो पटक दांग, बाँके र रोल्पा कारागारमा जेलरहरुको लापरबाहीका कारण कैदीहरू भाग्ने देखि आशंकित हत्या सम्मका घटनाले कारागारमा पनि भ्रष्टाचार मौलाएको घटनाक्रमले पुष्टि गर्दै गईरहेको छ ।

घटनामा सुर्खेत वराहताल गाउँपालिका–१ घोडाआँखेका २७ वर्षीय विजय बिक्रम शाह शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुण्डीएर आत्महत्या गरेको भन्दै रोल्पा कारागार प्रशासनले भुण्डिएर आत्महत्या गरेका ब्यक्तिको आफन्तलाई शव बुझाउन खोज्दा शाह परिवारले आफनो मान्छे नभएको बताएपछी घटना थप रहस्यमय बन्दै बाँकेदेखि रोल्पासम्मका ततकालिन कारागार प्रशासनको मनसुवा छरपस्टिएको छ ।

कारागारको विवरण उल्लेख भएको ब्यक्ति र कैद भुक्तान गर्ने क्रममा रहस्मय मृत्यु भएका ब्यक्ति अर्कै अर्थात् फरक–फरक ब्यक्ति भएको मृत्यु घटनाले बाहिर आएपछि नेपालका कारागारहरूको अवस्था झल्काएको छ ।

मृतक सुन्दरले विजय विक्रम शाहको कैद भुक्तानको लागि रोल्पा पठाईएको आशंका गर्दै गर्दा हरिजनमाथि मोवाईल चोरीको आरोप थियो भने शाहमाथि हातहतियार र खरखजनाको मुद्दामा थुनामा रहेका थिए । रोल्पा कारागारको घटनाको छानविन गर्न नेपाल सरकारले एक छानविन समिति वनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोटीमा जिप दुर्घटना ८ जना घाइते, दुईको अवस्था गम्भीर

१३ जेष्ठ २०७९, शुक्रबार ११:१७
डोटी : डोटीको सायल गाउँपालिका वडा नम्बर १ तेलपारामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१–००१–१३३४ नम्बरको जिप दुर्घटना हुँदा सो जीपमा सवार ८ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार दुर्घटना परि घाइते भएका […]

सम्बन्धित