५९ सीमास्तम्भ पुनःनिर्माण

१६ श्रावण २०७५, बुधबार १३:५७
 

तुलसीपुर, दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ ।

तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो ।

इँटा र सिमेन्टले बनाएका सीमास्तमम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

“अब पाँचवटा सीमास्तम्भ पुनःनिर्माण गर्न बाँकी छ,” उहाँले भन्नुभयो । नेपाल र भारतको सहमतिमा नेपालतर्फ बिजोर तथा भारततर्फ जोर नम्बरका सीमास्तम्भ पुनःनिर्माण गरिएको हो । नेपालले १४ वटा मुख्य तथा २१ वटा सहायक सीमास्तम्भ पुनःनिर्माण गरेको हो ।

“नेपालले अब चारवटा मुख्य र एउटा सहायक सीमास्तम्भ पुनःनिर्माण गर्न बाँकी छ,” सीमा सुरक्षाबल अर्जुनखोलाका सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहालले भने । भारतसीत जोडिएको दाङको ८३ किलोमिटर सीमामा ३७ मुख्यसहित ७७ सीमास्तम्भ रहेका छन् ।

(रासस)

Next Post

बाख्रा चराउन गएका बालक महाकालीमा बेपत्ता

१६ श्रावण २०७५, बुधबार १३:५७
डडेल्धुरा, बाख्रा चराउन गएका ११ वर्षीय बालक पानी खान खोज्दा ढुंगाबाट चिप्लेर महाकाली नदीमा बेपत्ता भएका छन् । महाकाली नदीले बगाएर डडेल्धुरा पर्शुराम नगरपालिका–५ का प्रवेश सिंह बेपत्ता भएका इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । जिल्लाको पर्शुराम नगरपालिका–५, परिगाउँका ११ वर्षीय प्रवेश सिंह मंगलवार साँझ बाख्रा चराउने क्रममा नदीका […]