बाख्रा चराउन गएका बालक महाकालीमा बेपत्ता

१६ श्रावण २०७५, बुधबार १४:०७
 

डडेल्धुरा, बाख्रा चराउन गएका ११ वर्षीय बालक पानी खान खोज्दा ढुंगाबाट चिप्लेर महाकाली नदीमा बेपत्ता भएका छन् ।

महाकाली नदीले बगाएर डडेल्धुरा पर्शुराम नगरपालिका–५ का प्रवेश सिंह बेपत्ता भएका इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । जिल्लाको पर्शुराम नगरपालिका–५, परिगाउँका ११ वर्षीय प्रवेश सिंह मंगलवार साँझ बाख्रा चराउने क्रममा नदीका पानी पिउन खोज्दा महाकालीमा बगेर बेपत्ता भएका हुन् ।


बाख्रा चराउन गएका सिंह पानी पिउने क्रममा ढुंगाबाट चिप्लेर नदीमा बगेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताए । प्रहरी र गाउँलेले उनको खोजी कार्य जारी राखेको भए पनि अहिलेसम्म फेला नपरेका इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।

बेपत्ता बालकको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Next Post

दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

१६ श्रावण २०७५, बुधबार १४:०७
कुमार चौलागार्इं/रासस काठमाडौँ, नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन । नेपाली क्रिकेटले जति सफलता प्राप्त गर्‍यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट संघकै […]