सदरलाइनडटकम,
काठमाण्डौ : भारतले पाकिस्तान प्रशासित काश्मिरमा १ हजार किलोको बम खसालेको छ । भारतीय सेनाले मंगलवार विहान साढे ३ बजे पाकिस्तानी सीमा पार गरेर बम खसालेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
भारतले खसोलेको बमले मानवीय क्षति भने नभएको उसले जनाएको छ । भारतीय सञ्चारमाध्यमले पनि भारतीय सेनाका १२ वटा लडाकु विमानले १ हजार किलो बम खसालेको पुष्टि गरेका छन् । घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री, विदेशमन्त्री र मन्त्रिपरिषद्का अन्य महत्वपूर्ण सदस्यहरुको आकस्मिक बैठक बोलाएका छन् ।
उता, पाकिस्तानको विदेश मन्त्रालयले भारतले गरेको पछिल्लो हमलाबारे रणनीति तय गर्न आपतकालीन बैठक बोलाएको जनाइएको छ । काश्मिरको पुलवामा १२ दिनअघिको आतंकवादी हमलामा ४० जना सैनिकको मृत्यु भएपछि भारत–पाकिस्तान सम्बन्ध थप तनावग्रस्त बनेको थियो ।
(एजेन्सी)
