नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्यो

सदरलाइन संवाददाता ३१ जेष्ठ २०७९, मंगलवार १४:१२
 

नेपालगञ्ज : पश्चिम नेपालको स्वास्थ्योपचार केन्द्र बन्दै गएको नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्दै गएको छ । सरकारी अस्पताल भेरी र निजी क्षेत्रको शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका जनता स्वास्थ्योपचारका लागि आउने गरेका छन् ।

निजी क्षेत्रबाट सञ्चालित अन्य अस्पतालमा पनि बिरामीको चाप हुने गर्दछ । बिरामीको चाप बढ्दो रहेकाले रगतको माग पनि बढ्दै गएको नेपालगञ्जस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले हाल मासिक करिब एक हजार पिन्टको हाराहारीमा रगतको आपूर्ति गर्दै आएको छ ।


केन्द्रले नेपालगञ्ज र कोहलपुरबाट सेवा दिइरहेको छ । क्यान्सर अस्पतालमा बिरामी आउने क्रम बढेपछि खजुरामा पनि रक्त सञ्चार केन्द्रको माग भइरहेको छ । बाँकेमा बेलाबेला रगत अभाव पनि हुने गर्दछ ।

अभावका बेला सङ्घसंस्थामा सम्पर्क गरेर रक्तदानका लागि आग्रह गर्दै आइरहेको जानकारी दिँदै रेग्मीले बाँकेमा पछिल्लो समय व्यक्तिगत र संस्थागतरूपमा रक्तदान गर्नेहरूको संख्या उल्लेख्य रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागेश्वरी क्याम्पसमा विद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र

३१ जेष्ठ २०७९, मंगलवार १४:१२
नेपालगञ्ज : कोहलपुरमा रहेको बागेश्वरी क्याम्पसमा १० बुँदे मागसहितको ज्ञापन पत्र विद्यार्थी संगठनहरुले बुझाएका छन् । मंगलबार संयुक्त रुपमा ज्ञापन पत्र तयार परि नेवि संघका बागेश्वरी क्यापसका सभापति राम पण्डे र अखिल क्रान्तिकारीका बागेश्वरी क्यापसका कमिति अध्यक्ष दिपेन्द्र शाहीले १० बुँदे मागसहितको ज्ञापन पत्र क्याम्पस प्रमुख दान बहादुर हमाललाई बुझाएका […]

सम्बन्धित