नेवाः देय दबूको नगरअधिवेशन सम्पन्न

८ जेष्ठ २०७६, बुधबार १४:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेवाः देय दबूको प्रथम नगर अधिवेशन र पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
“नेपाल सम्वत् राष्ट्रिय सम्वत्, नेवाः भाषा, साहिन्य, संस्कृति र परम्पराको जगेर्ना गरौं : मुलुकलाई सम्वृद्धशाली बनाऔं” नाराका साथ भव्यरुपमा सम्पन्न नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको प्रथम नगर अधिवेशन र निर्वाचितहरुको पदस्थापन सम्पन्न भएको हो ।
बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा निर्वाचन कमिटीका संयोजक पूर्णलाल चुकेले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरे । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेवाः देय दबू बाँकेका अध्यक्ष श्रेष्ठ, नेवाः देय दबू बाँकेका सल्लाहकार संयोजक अशोक कर्माचार्य, सल्लाहकार ज्ञानेन्द्र श्रेष्ठ र नेवाः पुचः बाँकेकी अध्यक्ष नन्दादेवी श्रेष्ठले अविर लगाइ दिएका थिए ।



अधिवेशनबाट अध्यक्षमा दिपेन्द्रकुमार जोशी र सदस्यहरुमा रुपक श्रेष्ठ, विष्णु कक्षपति, स्वेता शाक्य, पुष्पादेवी श्रेष्ठ, विष्णु श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । अन्य पदहरु र तीन जना सदस्यहरुको चयन भने कार्यसमितिको बैठकले चयन गर्ने जनाइएको छ ।
यसअघि जेष्ठ नागरिक रामरत्न श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल वार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष सुनल श्रेष्ठको विशिष्ट सम्पन्न अधिवेशनमा वि.सं. २०७६ को क्यालेण्डर विमोचन गरिएको थियो । पहिलो पटक प्रकाशित उक्त क्यालेण्डरमा नेपाल सम्वत्का महिनाहरु समेत समावेश गरिएको सल्लाहकार पूर्णलाल चुकेले जानकारी दिए ।

Next Post

खाली पेटमा लसुन खानुका फाइदा

८ जेष्ठ २०७६, बुधबार १४:५२
सदरलाइनडटकम, नेपालगञ्ज : सामान्यतयः हामीले खानाका विभिन्न परिकार तेलमा भुट्ने क्रममा अथवा ग्रेभी बनाउन लसुनको प्रयोग गर्ने गरेका हुन्छौ । लसुनले कुनै पनि खानाका परिकारहरुलाई स्वादिष्ट बनाउन सहयोग गर्छ । तर लसुनमा यति धेरै गुणकारी तत्व रहेका हुन्छन् जसले हामीलाई विभिन्न रोगहरुबाट मुक्त गराउँछ । आयुर्वेदमा त लसुनलाई औषधीनै मानिएको […]