कोरोना संक्रमण बढेपछि सवारी पास वितरणमा गृहको रोक

२८ श्रावण २०७७, बुधबार २३:०७
 

सदरलाइनडटकम,
काठमाडौँ : कोरोना संक्रमणको ग्राफ अप्रत्याशित बढेपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गर्ने निर्देशन दिएको छ ।

बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो ।


गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।

‘हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू, नगराउनुहुन आदेशानुसार अनुरोध छ,’ गृह मन्त्रालयले सवारी पास वितरण रोक लगाएकोबारे जारी गरेको सूचनामा लेखिएको छ ।

सरकारले कोरोना संक्रमण सुरु भएपछि र लकडाउनको अवधिमा एक जिल्लाबाट अर्को जिल्लामा आउन र जानका लागि प्रशासन कार्यालयबाट सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समय मुलुकभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसरी जारी गरिँदै आएको सवारी पास वितरणमा रोक लगाइएको हो ।

Next Post

बाँकेमा ३० जना कोरोना मुक्त भएर घर फर्के

२८ श्रावण २०७७, बुधबार २३:०७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका विभिन्न आईशोलेशन सेन्टरमा भर्ना भएका ३० जना कोरोना मुक्त भएर आज बिहीबार घर फर्केका छन् । जिल्ला कोरोना फोकलपर्शन नरेश श्रेष्ठका अनुसार खजुराको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना आईसोलेशन अस्पतालबाट ४ जना, लायन्स डेन्टल अस्पताल खजुरारोड आईसोलेशन सेन्टरबाट १३ जना, आन्तरिक राजस्व कार्यालय […]