नेकपा सचेतक ढकालको घरमा बम प्रहार

३१ श्रावण २०७६, शुक्रबार १४:४०
 

सदरलाइनडटकम,
बुटवल : सत्तारुढ दल नेकपाका प्रदेश ५ सचेतक भुमिश्वर ढकालको निवासमा बिहीवार राति बम प्रहार गरिएको छ । घटनास्थलको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायत प्रदेशका मन्त्रीहरुले निरीक्षण गरेका छन् । राति साढे २ बजे सैनामैना–८ रामापुरस्थित ढकालको निवासमा तीन जनाको समूहमा आएका अज्ञात समूहले पाँचवटा पेट्रोल बम प्रहार गरेका थिए ।
बम प्रहारपछि सचेतक ढकालले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीको पछाडीको भाग पूर्णरुपमा क्षति भएको छ । मुख्यमन्त्री पोखरेलसहित सभामुख पूर्णबहादुर घर्ती मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, संसदीय समितिका सभापति दधिराम न्यौपाने, डाक्टर कृष्ण न्यौपाने, कांग्रेस सचेतक निर्मला क्षेत्री, सांसद कमला विश्वकर्मा, तारा जिसी, प्रमूख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेल, डिआइजी, एसपी, डिएसपीलगायतको टोलीले शुक्रवार विहान घटनास्थलको निरीक्षण गरेको हो ।
निरीक्षणपछि मुख्यमन्त्रीपोखरेलले घटनाको सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई आग्रह गरे । मुख्यमन्त्री पोखरेलले घटनाको छानबिनका लागि कुनै कसर बाँकी नराख्ने भन्दै परिवारजनको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्न सकिने बताए । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले घटनामा संलग्नको खोजबिन गरेर कानुनी दायरामा ल्याइने बताए ।

Next Post

दैलेखमा जीप दुर्घटनामा सात घाइते

३१ श्रावण २०७६, शुक्रबार १४:४०
सदरलाइनडटकम, दैलेख : दैलेखको महाबु गाउँपालिका–२ मान्मामा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । खरिगैराबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको बा १६ च ४३६६ नम्बरको जीप शुक्रवार बिहान दुर्घटना भएको हो । दुर्घटनामा चालक रमेश केसीसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जीप […]

सम्बन्धित