कोरोना संक्रमणको कारण वडा सदस्य महिलाको मृत्यु

सदरलाइन संवाददाता १७ कार्तिक २०७७, सोमबार १३:३५
 


नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट एक जनप्रतिनिधि महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार मृतक महिलालाई गत कात्तिक ४ गते संक्रमण पुष्टि भई उसैदिन भेरी अस्पतालमा भर्ना भएकी थिईन ।

नेपालगञ्ज उपमहानगर वडानं. २ की ६७ वर्षिया महिलाको उपचारको क्रममा सोमबार बिहान १० ः ३० बजे मृत्यु भएको जिल्ला कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए । उनी सोही वडाबाट निर्बाचित वडा सदस्य हुन ।

फोकलपर्शन श्रेष्ठका अनुसार मृतकलाई रोगको प्रकृति अनुसारको आवश्यक पर्ने सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआई आज बिहान साढे १० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट बाँकेका दुई अस्पतालमा पछिल्लो ४८ घण्टाको अवधिमा ७ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा ३ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ४ गरी ४८ घण्टाको अवधिमा ७ जना संक्रमितको मृत्यु भएको हो ।


मृत्यु हुनेमा बाँके र दाङका तीन–तीन र कैलालीका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । यो संगै कोरना संक्रमणका कारण ज्यान गुमाउनेमा ३४ जना पुगेका छन् भने बाहिर जिल्लाबाट उपचार गराउन आएका २१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । फोटो : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँके

Next Post

भेरीको परीक्षणमा ५३ जनामा कोरोना पुष्टि

१७ कार्तिक २०७७, सोमबार १३:३५
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा थप ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले सोमवार दिउँसो जारी गरेको विवरणअनुसार बिभिन्न जिल्लाका ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार थपिएका मध्ये सबैभन्दा बढि २८ जना बाँकेका रहेका छन् भने २० जना बर्दियाका छन् । […]

ताजा अपडेट