२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

बाँकेबाट राणा र चौधरी भए नगरपालिका संघका केन्द्रीय सदस्य



सदरलाइनडटकम
काठमाण्डौं  : काठमाण्डौमा सम्पन्न नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनबाट बाँकेका दुई जना केन्द्रीय समितिमा निर्वाचित हुन सफल भएका छन् ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख धवल शम्शेर राणा र कोहलपुर नगरपालिकाका उप प्रमुख सञ्जुकुमारी चौधरी नगरपालिका संघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
काठमाण्डौमा सम्पन्न नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनबाट बाँकेको प्रतिनिधित्व गर्दै राणा र चौधरी सर्वसम्मत निर्वाचित हुन सफल भएका हुन ।
गत मंगलबारदेखि सुरु भएको नगरपालिका संघको राष्ट्रिय अधिवेशनले आफुलाई केन्द्रीय समितिमा चयन गरेको कोहलपुर नगरपालिकाकी उप–प्रमुख चौधरीले सदरलाइनसंग फोनमा कुरा गर्दै जानकारी दिईन ।

प्रकाशित मिति : २०७५ भदौ १४ गते बिहीबार
ताजा समाचार