सदरलाइनडटकम,
रुकुम पश्चिम : ट्रयाक्टर पल्टिदाँ रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सडकबाट ट्रयाक्टर करिब एक हजार मिटर तल खस्दा आठबिसकोट नगरपालिका १ बस्ने ३८ वर्षीय राजकुमार विकको मृत्यु भएको छ ।
दुर्घटनामा सोही ठाउँका चालक बलजित विक गम्भीर घाइते भएका छन् । घाइते विकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहको प्रहरीले जनाएको छ । चामल लिएर गईरहेको रा १ त ३१०६ नम्बरको ट्रयाक्टर बाँफिकोटको स्पार्पू दह नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ ।


