सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएका छन् । नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनको मंगलवार काठमाडौंमा उद्घाटन गर्दै उनले जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएका हुन ।
जनतालाई सेवा दिन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै ओलीले कुनैपनि बहानामा जनताको काम ढिलो नगर्न सुझाव दिए । राजनीतिक क्रान्ति पूरा भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले आफ्नो समय समृद्ध नेपाल र सुखी नेपालीका लागि खर्च गरिने बताए ।
कार्यक्रममा प्रदेश नं. ३ का मुख्यमन्त्री एवं संघका अध्यक्ष डोरमणि पौडेल र वीरगञ्ज नगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई सम्मान गरिएको थियो । लामो समयसम्म संघलाई नेतृत्व दिएर स्थानीय सुशासन प्रवद्र्धनमा योगदान पुर्याए वापत पौडेललाई र ८८ वर्षीया कार्कीलाई नगरपालिकाका जेष्ठ सदस्यका रुपमा सम्मानित गरिएको थियो ।


