सदरलाइनडटकम,
नेपालगन्ज : काम गरी भारतबाट फर्केका दुई नेपाली भारतमा लुटिएका छन् । भारतस्थित हिमाञ्चल प्रदशेको शिमलाबाट काम गरेर फर्किदै गर्दा बसेला ३ सुर्खेतका ५८ बर्षीय प्रेमसिंह ठाकुर र गुलरिया नगरपालिका १ बर्दियाका ३० बर्षीय किसन केसी लुटिएका हुन् ।
उनीहरुलाई लठ्याउने औषधि सेवन गराएर लुटिएको इलाका प्रहरी कार्यालय जमुनहाले जनाएको छ । बिस्किटमा लठ्याउने औषधि मिसाएर खुवाई दुवै जनाको साथमा रहेको ४० हजार भारतीय रुपैयाँ लुएिको उनीहरुले बताएको प्रहरी नायव निरीक्षक शिवकुमार ओलीले बताए ।
अर्धचेत अवस्थामा रुपईडिहास्थित बसपार्कमा भेटिएका दुवैजनाको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कामका लागि भारत गएका नेपाली चाडपर्व मनाउन घर आउँदै गर्दा भारतीय भूमिमा लुटिँदै आएपनि प्रहरी प्रशासनले खासै चासो दिएको देखिँदैन ।


