सदरलाइनडटकम
नेपालगन्ज : सशस्त्र प्रहरीको गस्ती टोलीले भारतबाट अवैधरुपमा भित्र्याइएको ठूलो परिमाणमा कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरिएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अवैध कुखुराको चल्ला पशुक्वारेन्टाइन नेपालगन्जमा बिहीबार नष्ट गरिएको हो ।
भन्सार कार्यालय सशस्त्र प्रहरी बल राजस्व गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक टिकाराम गोसाईको नेतृत्वमा गएको टोलीले खजुरा गाउँपालिका वडा नं. १ बाट करीब चार सय गोटा कुखुराको चल्ला नियन्त्रणमा लिएको थियो ।
तस्करहरुले भारतबाट अवैधरुपमा नेपाल भित्र्इरहेको चल्ला सशस्त्र प्रहरीलाई देखेपछि चल्ला फालेर फरार भएको सशस्त्र प्रहरी नायब उपरीक्षक निरान्कर शुक्लाले बताए ।


