काठमाडौं ः टर्कीका राष्ट्रपति रेचेप तय्यप अर्दोगानले आफनो देशलाई कमजोर नठान्न अमेरिकालाई चेतावनी दिएका छन् । अमेरिकाले टर्कीलाई घुँडा टेकाउने खोजेकोले उनले यस्तो चेतावनी दिएका हुन् ।
टर्की कारागारमा रहेका पादरी ब्रुसनको रिहाई माग्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि अर्दोगानको यस्तो भनाई सार्वजनिक भएको हो । टर्कीमा आयोजित एक र्यालीमा राष्ट्रपति अर्दोगानले अमेरिकी धम्कीको खिल्ली उडाउँदै एउटा पादरीका लागि यस्तो गर्दा अमेरिकाले लज्जाबोध गर्नुपर्ने बताए । पादरी ब्रुसन षडयन्त्रकारीको आरोपमा टर्कीमा पक्राउ परेका थिए ।
यसैबीच अमेरिकाले स्टील, आल्मुनियमको आयातमा कर बृद्धी गरी दोब्बर बनाएकोले टर्कीको आर्थिक बृद्धीदरमा १६ प्रतिशतले गिरावट आएको छ । सिरियाप्रतिको नीति र रुससँगको सम्बन्ध विस्तारका कारण पनि अमेरिका टर्कीप्रति रुष्ट बनेको हो । (एजेन्सीको सहयोगमा)


