२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

अपराधजन्य घटना हुन नदिएको प्रहरी उपरीक्षक तामाङको दावी



सदरलाइनडटकम नेपालगन्ज ः जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जिल्लामा कुनै प्रकारका अप्रिय घटना हुन नपाएको दाबी गरेका छन् । बाँकेबाट सरुवा भई जान लागेका उनले आफ्नो कार्यकालमा जिल्लाको सुरक्षा अवस्था चुस्तदुरुस्त बनाउँदै अपराधजन्य घटना हुन नदिएको दावी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयमा बिहिवार पत्रकारहरुसंग भेटघाट गर्दै प्रहरी उपरीक्षक तामाङले आफ्नो एक बर्षीय कार्यकाल सफल रहेको बताए । उनले आफ्नो कार्यकालमा बाँकेमा गम्भीर खालका अपराधजन्य घटना नभएको जानकारी दिए ।
भारतीय सिमानासँग जोडिएकोे जिल्लामा सतर्क र चनाखो भएर मात्र काम गर्न सकिने भन्दै प्रहरी उपरीक्षक तामाङले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराइएकोमा खुशी व्यक्त गरे । लुटपाट, ठगी र गुण्डागर्दी गर्नेमाथि कडारुपमा प्रस्तुत हुनुका साथै आपराधिक क्रियाक्लाप शतप्रतिशत नियन्त्रण गरेको दावी गर्दै उनले आफुलाई सहयोग गर्ने सबैलाई धन्यबाद दिए ।
समुदायको सहयोगमा राती ११ बजेपछि ध्वनी प्रदुषण गर्न नपाइने, धार्मिक कार्यमा आतंकित पार्ने हातहतियार प्रदर्शन गर्न नपाइनेलगायतको निर्णय कार्यान्वयन गरिएको जानकारी दिँदै प्रहरी उपरीक्षक तामाङले नगरमा सिसि क्यामेरा जडान गरिएको कार्यलाई आफ्नो रुपमा ब्याख्या गरे ।

प्रकाशित मिति : २०७५ साउन २४ गते बिहीबार
ताजा समाचार