२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

ठुलो मात्रामा लागुऔषध सहित तीन जना पक्राउ



सदरलाइनडटकम
नेपालगन्ज :  नेपाल प्रहरी प्रदेश नम्बर ५ अन्र्तगतको बिशेष टोलीले रुपन्देहीमा २२ केजि चरेश सहित तीन जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कपिलबस्तु शिवराज नगरपालिकाका रासकुमार रोकामगर, दाङ्गका आशिष खड्का, किरण बम लगायत रहेका छन् । प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई सार्वजनिक समेत गरेको छ । प्रहरीले उनीहरुको साथबाट मोटरसाईकल समेत बरामद गरेको छ ।
पछिल्लो समय बढ्दै गएको लागुऔषध द्ुव्र्यसनका घटनाका बिरुद्धमा प्रहरी सक्रिय भएर लागेको छ । प्रहरीले धमाधम लागुऔषध कारोवारीहरुलाई पक्राउ गरिरहेको छ ।

प्रकाशित मिति : २०७५ असार १७ गते आइतबार
ताजा समाचार