सदरलाइनडटकम
नेपालगन्ज : खहरे भेलले ल्याउने बाढीका कारण वर्षेनी दुःख पाउने गुर्भाकोट—९ घुकुदीखोला, सुर्खेतका सर्बसाधारणले तटबन्धको काम भएपछि राहात महसुस गरेका छन् । गत वर्षमात्र बाढीले केही घर भत्काएको थियो ।
यसपटक भने तारजाली सहितको तटबन्ध गरेर बाढीबाट बस्ती जोगाउने काम भएको गुर्भाकोट—९ का वडा अध्यक्ष शशि भटट्राईले जानकारी दिए । जल उत्पन्न प्रकोप सुर्खेतको आर्थिक सहयोगमा तटबन्धको काम भएको हो । ‘काम अन्तिम चरणमा पुगेको छ ।’ वडा अध्यक्ष भटट्राईले भने,—‘तटबन्ध बनेकाले अब दुःख पाउदैनौं जस्तो लागेको छ ।’
घुकुदीखोला आसपासमा दुई दर्जन बढि घर छन् । पहाडको भेदमा भएकाले बाढीको जोखिममा छ । तटबन्ध भएपछि उक्त बस्ती जोगिने वडा अध्यक्ष भटट्राईले बताए । तटबन्धको काम आगामी वर्ष पनि जारी रहने छ । वडा नम्बर ९ मा विकास निर्माणका काम धमाधम भइरहेका छन् ।
