सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले सोमवार वाटरपार्क निर्माणको अवस्थाबारे निरीक्षण गरी जानकारी लिएका छन् । उपमहानगरका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालसहित वाटरपार्क पुगेका मेयर राणाले निर्माणको पछिल्लो अवस्थाबारे प्राविधिकसँग जानकारी लिए ।
निरीक्षणपछि मेयर राणाले यसैबर्षभित्र वाटरपार्कको निर्माण कार्य सम्पन्न गरी सञ्चालन गर्ने योजना रहेको बताए । वडाध्यक्ष रिजालले ठेकेदार कम्पनीले दशैभित्रै निर्माण कार्य समपन्न गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।
सो अवसरमा मेयर राणाले नेपालगञ्जमा रानीतलाउ, वाटरपार्क र कान्तितालको निर्माण सम्पन्न भएपछि पर्यटकीय स्थलको वृद्धिसँगै नगरको सौन्दर्यता पनि बढ्ने विश्वास व्यक्त गरे ।
