सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ ले नगर भवनमा रहेको अस्थायी प्रहरी पोष्टलाई फ्रीज उपलब्ध गराएको छ । गर्मीमा नेपाल प्रहरीलाई चिसो पानी उपलब्ध गराउने उद्देश्यले फ्रीज दिइएको वडाध्यक्ष सुरेन्द्र गुप्ता बैश्यले बताए । २४ हजार ५ सय मूल्य बराबरको उक्त फ्रीज अन्य खाद्य बस्तु पनि राख्न सकिने उनको भनाई छ ।
