नाला विस्तारको निहुमा वडा कार्यालयले बल मिचाई गरेको आरोप

सदरलाइन संवाददाता १४ भाद्र २०७७, आईतवार १९:२९
 

 

नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगर वडा नं.२ का बहुदलकुमार मौर्यले वडा कार्यालयले सडक र नाला विस्तारका क्रममा आफुलाई व्यक्तिगत हानी पुगेको गुनासो गरेका छन् । उनले वडा कार्यालयले अदालतको आदेशलाई समेत अवज्ञा गरेको आरोप लगाए ।

न्यूरोडबाट घरवारीटोल निस्कने सडक सात मिटर फराकिलो गर्ने सहमति भएपनि वडा कार्यालयले अहिले साढे ८ मिटर सडक फराकिलो बनाउदा आफुलाई मर्का परेको उनको भनाइ छ । उनले वडा अध्यक्ष सुनिलसिंह हमालले आफै हस्ताक्षर गरेर गरेको निर्णय आफैले उल्टाएर स्थानीयलाई दुख दिएका आरोप लगाए ।

उनले भने–‘नाला बाटो बनाउनु भन्दा अगाडी सम्बन्धित वडाका जनप्रतिनिधि उपमहानगरका प्रतिनिधि, वडाबासी लगायतको सहभागितामा एउटा सहमति कायम गरिएको थियो । ७ मिटर भित्र नाला, बाटो बनाउने उल्लेख गरिएको भएता पनि वडाअध्यक्षले आफ्नो मनपरी तवरले शनिबारको दिनमा डोजर लगाई मेरो घर अगाडिको पूरै चौतारा तोडी साढे ८ मिटर फराकिलो बाटो बनाउन थालियो ।’


मौर्यका अनुसार पिपल चौताराबाट नै साढे ८ मिटरको नाला, बाटो कायम गरी बनाउदा कुनै आपत्ति नहुने तर सो नच्यापी व्यक्तिगत नाक्सापास भएको जमिनलाई रिसबिले तोडी साढे ८ मिटर नाला बनाउने कार्य गरेको हुँदा आपत्ति भएको बताए ।

अदालतमा मुद्दा बिचाराधिन रहेको र भाद्र १० गते फैसला हुँदा पनि सम्बन्धित जनप्रतिनिधि र अदालतले समेत ७ मिटर नै कायम गरी सडक र नाला बनाउन आदेश दिइसकेको भएता पनि उक्त आदेशलाई अवज्ञा गरेर वडाअध्यक्ष हमालले डोजर चलाएर नाला निर्माणको काम गरेको प्रति घरधनी मौर्यले आपत्ती जनाएका छन् ।

उनले जवरजस्ती नाला निर्माणको नाममा आफ्नो घरमा डोजर चलाएर क्षती पु¥याएको भन्दै कानुनी लडाई लड्ने जिकिर गर्दै भने–‘नेपालगञ्जका जनप्रतिनिधिको घर बाटोमा पर्दा आफ्नो घर नभत्काउने तीनै जनप्रतिनिधिहरु निर्लज्ज भएर जनताको घर भत्काउन आउने ।अदालतको समेत अवज्ञा गर्ने अधिकार यीनलाई कहाबाट आयो ।’

 

Next Post

औषधि व्यावसायी संघद्वारा ४ सय थान भिटिएम सहयोग

१४ भाद्र २०७७, आईतवार १९:२९
नेपालगञ्ज  : कोरोनाको जाँच जनस्तरमा पुराउनको लागि अभाव रहेको भिटिएम सहयोग आउने क्रम जारी छ । पछिल्लोे समय नेपाल औषधि व्यवसायी संघ बाँकेले ४ सय भिटिएम सहयोग गरेको छ । बाँकेका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई संघको एक प्रतिनिधि मण्डलले एक लाख […]