डुडुवामा विकास योजना निमार्ण तीव्र, पालिकाद्वारा अनुगमन

सदरलाइन संवाददाता ४ असार २०७९, शनिबार १७:४३
 

डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निमार्णका योजनाहरुको अनुगमन गरिरहेको छ ।

गाउँपालिकाद्धारा निर्मित विभिन्न ठुला तथा साना योजनाअन्तर्गतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए । उनका अनुसार सबै भन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन, झुलुङ्गे पुल तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको हो ।

आर्थिक वर्ष २०७८।०७९ का योजनाहरु अहिले निमार्ण भईरहेका छन् । गाउँपालिकाका ठुला साना सबै योजनाहरु निमार्ण भईरहेको योजना अनुगमन समितिका संयोजक गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताइन् । उनका अनुसार डुडुवा गाउँपालिका–४ डुडुवा नालामा निमार्णाधिन झोलुङ्गे पुल, गाउँपालिका भवनको अनुगमन गरिएको छ । गाउँपालिका भवनको निमार्ण कार्यको ९० प्रतिशत कार्य पुरा भएको छ ।


अनुगमनमा विकास निमार्णको गुणस्तरियता र समयमा निमार्ण सम्पन्न गर्ने लगायतका बारेमा निमार्ण कम्पनीको ध्यानाकषर्ण गराइएको थियो । आर्थिक वर्ष सम्पन्न हुन अब केही दिन मात्र बाकी रहदा अहिले निमार्णको तिब्र रुपमा अघि बढाइएको छ ।

अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष बानो, प्रमुख प्रशासकीय अधिकृत उपाध्याय, प्राविधिक प्रमुख प्रकाश थापा, योजना शाखा प्रमख ओमबहादुर राना क्षेत्री लगायतको समुहको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हातहतियार र लेनदेन मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ

४ असार २०७९, शनिबार १७:४३
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टाछुट्टै मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेले हातहतियार तथा खरखजाना मुद्दा र लेनदेन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेले हातहतियार तथा खरखजाना मुद्दामा दोषी ठहर गर्दै १ बर्ष कैद सजाय सुनाएका डुडुवा गाउँपालिका वडा […]

ताजा अपडेट