डुडुवाका १७६ जेष्ठ नागरिकले पाए सम्मान

२३ असार २०७५, शनिबार १९:०४
 

सदरलाइनडटकम
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले सो गाउँपालिकामा रहेका ८२ वर्ष पुगेका जेष्ठ नागरिकलाई शनिबार सम्मान गरेको छ । गाउँपालिकाको वडानं. १ देखि ६ सम्मका ८२ वर्ष पुगेका १ सय ७६ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
गाउँपालिकाको हिरिमिनिया, बेतहानी, बनकट्टी र कम्दी गरी छुट्टाछुट्टै ४ स्थानमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष साहिदा बानो, वडाध्यक्ष गजेन्द्र कैराती, भण्डारीलाल यादव, मोहनराम मिश्र, प्रशुराम बुढाथोकी, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद रेग्मी लगायतले सम्मान गरेका थिए ।
सो अवसरमा उनीहरुलाई कम्बल, टर्च र छाता प्रदान गरि सम्मान गरिएको थियो । सामाग्री ग्रहण गर्दै वडानंं ३ का ११२ वर्षिय बृद्ध आशाराम यादवले भने–‘हाम्रो अभिभावक भनेको सरकार हो, मासिक सामाजिक सुरक्षा भत्ताले सामान्य खर्च पुग्छ । छोरा छोरीको अगाडि हात फैलाउन परेको छैन । यो टर्च र छाताले अहिलेको अवस्थामा धेरै उपयोगी छ ।’
गाउँपालिकामा ८२ वर्षदेखि १२३ वर्षसम्मका जेष्ठ नागरिकलाई सो सामाग्री प्रदान गरिएको जनाईएको छ । 

Next Post

डुडुवाको विधेयक समितिद्वारा ऐन तथा कार्यविधी निमार्णका लागि सिफारिस

२३ असार २०७५, शनिबार १९:०४
सदरलाइनडटकम, डुडुवा (बाँके) :  डुडुवा गाउँपालिकाको विधेयक समितिले विभिन्न ऐन तथा कार्यविधी निमार्णका लागि सिफारिस गरेको जनाएको छ । समितिले न्यायिक समिति कार्यविधी ऐन २०७५ नयाँ बनाउने र आर्थिक ऐन र विनियोजन ऐन र शिक्षा ऐन २०७५ पहिलो संशोधन गर्नका लागि गाउँसभामा सिफारिस गरेको छ । यस्तै शिक्षा नियमावली २०७४ […]