स्थानीय तहबीचमा न्याय सम्पादनका विषयमा छलफल

२२ माघ २०७४, सोमबार १८:२९
 

सदरलाइनडटकम 
२२ माघ, नेपालगन्ज :स्थानीय न्यायिक समिति संघको सोमबार नियमित बैठक बसेको छ । नेपालगन्ज उप–महानगरपालिकाको आतिथ्यतामा सम्पन्न वैठकमा उप–महानगरपालिका प्रमुख डा धवल शमशेर राणाले स्वागत गर्दै निरन्तर समन्वय र सहकार्यमा काम गर्न सुझ्याएका छन् ।
स्थानीय तहमा न्यायिक समिति प्रमुखको सम्वदेनशिल भूमिका रहेको भन्दै आईपरेको चुनौतीको एक अर्काबीचमा जानकारी गराउदै समाधान खोज्न पनि आग्रह गरे ।
नेपालको संविधानले स्थानीय तह अन्तर्गत उपप्रमुख र उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी दिएको छ । एक महिना अघि नेपालगन्ज उप–महानगरपालिका उपप्रमुख उमा थापामगरको संयोजकत्वमा सात सदस्यीय संघ गठन भएको थियो ।
न्याय सम्पादन गर्दा आइपरेको समस्या, अनुभव के कस्ता रहे? सो को कसरी सम्वोधन गर्ने भन्ने बारे छलफल गरिएको उप–महानगरपालिका उपप्रमुख थापा मगरले जानकारी दिईन । हरेक महिना पालिकास्तरिय नियमित बैठक बस्ने निर्णयानुसार अबको बैठक डुडुवा गाउँपालिकमा बैठक बस्ने तय भएको छ ।

 

Next Post

नेपालगन्ज आर्थिक हब बन्दैछ : एमाले नेता पोख्रेल

२२ माघ २०७४, सोमबार १८:२९
सदरलाइनडटकम  २२ माघ नेपालगन्ज : नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं प्रदेश नम्बर ५ का प्रस्तावित मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगन्ज आर्थिक क्षेत्रको हव बन्ने कुरालाई कसैले छेक्न नसक्ने बताए । उनले प्रदेशको राजधानीका सवालमा थुप्रै बहस र छलफल भएको भए पनि एउटा ठाउँमा प्रदेशको राजधानी बन्दैमा अन्य ठाउँमा विकास नरोकिने […]