सदरलाइनडटकम
नेपालगन्ज : दलित महिलाको आयआर्जन बृद्धि गर्न दलित महिला संघ (फेडो) बाँकेले कुखुराको चल्ला वितरण गरेको छ । दलित महिलालाई कुखुरा पालनमा आकर्षण गर्न प्रतिव्यक्ति १५ वटा कुखुराको चल्ला वितरण गरिएको हो ।
खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकाका एक सय घरपरिवारका दलित महिलालाई सो कुखुरा वितरण गरिएको संघका जिल्ला अध्यक्ष निर्मला सुनारले जानकारी दिइन् ।
उनले खजुरा गाउपालिका ६ वडामा ५० जना, बैजनाथगाउपालिका ४ र ३ वडाका ५० दलित घरपरिवारलाई ८ हप्ताका गिरिराज जातका कुखुराको चल्ला वितरण गरिएको जानकारी दिइन ।
कुखुरा चल्ला वितरण गरिएका परिवारलाई अन्य प्राविधिक, खोर सुधार, औषधि उपचार जस्ता प्राविधिक तालिम समेत प्रदान गरिएको फेडोले जनाएको छ ।



