सदरलाइनडटकम 
नेपालगन्ज : घुस लिँदै गर्दा बाँकेका एक प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । नेपालगन्ज उप–महानगरपालिका जयसपुरका एक सर्वसाधारणसँग घुस लिने क्रममा नेपालगन्जको अस्थायी प्रहरी पोष्ट बसपार्कमा कार्यरत प्रहरी जवान गोविन्द नेपालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले नियन्त्रणमा लिएको हो ।
नेपालीले भारतबाट घरायसी सामान ओसार पसार गर्न सजिलो बनाई दिने भन्दै जयसपुरका सर्वसाधारणबाट घुस वापत १० हजार लिँदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका सूचना अधिकारी निराजन शर्माले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्ज नजिकै रहेको एक कोठाबाट नेपालीलाई घुससहित नियन्त्रणमा लिएको शर्माले बताए ।


