२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

खसी डिग्गीमा राख्नेलाई जरिवाना




सदरलाइनडटकम
२३ जेठ, नेपालगन्ज :  खसीबोका बसको डिग्गीमा हालेर काठमाण्डौं लैजाने चालक र व्यवसायीलाई जरिवाना गराइएको छ । मंगलबार सांझ बाँकेको रिमझिम चौकबाट काठमाण्डौ लैजाँदै गरेका बसको डिग्गीमा राखिएका १८ वटा खसि मरेका
थिए ।
जर्बजस्ती कोचेर हालिएका खसीहरु निस्सासिएर मरेका हुन । उक्त घटनाका बिषयमा बसका चालक, खसी व्यवसायीलाई ५÷५ हजार जरिवाना गरिएको पशु क्वारेण्टाईन कार्यालय नेपालगन्जले जानकारी दिएको छ । ती चालकहरुलाई आगामी दिनमा यस्तो कार्य नदोहो¥याउने लिखित कागज समेत गराइएको उक्त कार्यालयले जनाएको छ ।
बसको डिग्गीमा राखेर खसीबोका लैजाने गरिएको छ । लामो समयदेखि यस्तो कार्य रोकन सरोकारवाला निकायले कुनै चासो दिएका छैनन् । पशु क्वारेन्टाईन कार्यालयले आगामी दिनमा यस्तो कार्य दोहोरिए कडा कारवाही गर्ने जनाएको छ ।

तस्बिर ः बिमला\फेसबुकबाट

प्रकाशित मिति : २०७५ जेठ २३ गते बुधबार
ताजा समाचार